सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण « Khabarhub

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गरेका थिए । कलेजो ग्रहणकर्ता र कलेजोदाता दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताए । कलेजोदाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अङ्ग मृत्युपश्चात् दान दिन इच्छा व्यक्त गरे।

कलेजो प्रत्यारोपणमा सर्जन डा रोशन घिमिरे, डा सपना बर्मा, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ र डा शिवसुन्दर संलग्न थिए ।

मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हालसम्म आठ जनामा जीवित दाताबाट र तीन जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिए। यस केन्द्रमा १० वर्षको अवधिमा एक हजार ६६ जनाको मिर्गौला प्रत्यारोपणसमेत गरिएको उनले बताए । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ५८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित