संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग « Khabarhub

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न रास्वपाको माग


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गरेको हो । 

आज रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झा, असिम साह, हरि ढकाल, तोसिमा कार्की र विनिता कठायतलगायतले संघीय संसद् सचिवालयमा संकल्पप्रस्ताव दर्ता गराएका हुन् ।

‘असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्छ, बजेटको विश्वासनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ’, संकल्प प्रस्तावमा उल्लेख छ, ‘सरकारले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् ।’

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ५२ बजे

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की