गर्मी बढेसँगै विद्यालय बन्द « Khabarhub

गर्मी बढेसँगै विद्यालय बन्द


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिरहा – केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो । अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै मिति यही जेठ १९ गते शुक्रबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि नगरपालिकाअन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयका पठनपाठन बन्द गरिएको हो ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

गर्मी यथावत रहिरहे आइतबारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिनुभयो । सिरहामा जम्मा १७ वटा स्थानीय पालिका रहेका छन् ।

विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीबारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : २३ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि