सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित « Khabarhub

सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्याङ्क तयार पारेको जनाएको छ । ओसीएचएले भनेको छ, “यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पुर्याएका छौं । “विश्व खाद्य कार्यक्रमले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ । डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपतकालीन खाना उपलब्ध गराएको जनाएको छ ।

सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ । डब्ल्यूएफपीले सुडानमा आधारभूत सम्पर्क चुनौतीपूर्ण रहेका स्थानमा संयुक्त राष्ट्रसङ्घका सबै निकायहरू र व्यापक मानवीय समुदायलाई आपतकालीन दूरसञ्चार सेवाहरू पनि प्रदान गर्दछ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले अल–जजिराको वाद मेदानीस्थित प्रसूति गृहलाई जीवनरक्षक औषधि र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको ओसिएचएले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ३४ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक