तनहुँको छिम्केश्वरी मन्दिरमा पित्तलको छानो « Khabarhub

तनहुँको छिम्केश्वरी मन्दिरमा पित्तलको छानो


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो ।

छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनर्निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ । चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । छिम्केश्वरी मन्दिर पुनर्निर्माणका लागि करिब ८० लाख खर्च भइसकेको छ ।

गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । 

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुछे« लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्षको चुमानको भनाइ छ । 

चुमानले भने, ‘छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्धरुपमा लागेका छौँ । आगामी आर्थिक वर्षको बजेटमा पनि छिम्केश्वरीको विकासका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।’

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आव ०७५–७६ मा ४१ लाख ६३ हजार सात सय ६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६–७७ मा ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी भइरहेको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ ।

यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ५० बजे

गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो

काठमाडौं– गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर

बालेनले समाते केपी ओलीकै शैली : बोलाइसकेको संसद् रोकेर अध्यादेशको बाटोतिर

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा