उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानको भूकम्प पुनर्निर्माण क्षेत्रको अवलोकन « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानको भूकम्प पुनर्निर्माण क्षेत्रको अवलोकन


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

छेन्दु, चीन– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज गरेको अवलोकनका क्रममा भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सिचुवान प्रान्तमा सन् २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ ।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो ।

भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनर्निर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : १३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म