ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध « Khabarhub

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो– ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आगामी ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । 

बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहरिएका छन् ।

बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए। एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए। यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ।

मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए। उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयता माथि प्रश्न उठाएको आरोप लगाइएको छ । यो भेट युट्युबमा लाइभ स्ट्रिम गरिएको थियो ।

बोल्सोनारोलाई दोषी ठहर गर्ने न्यायाधीशहरूको प्यानलको अध्यक्षता न्यायाधीश अलेक्जान्डर डे मोरेसले गरेका थिए।

बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै बोल्सोनारोले निर्णयको विरुद्धमा अदालत जाने बताए।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ११ : ५७ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’