ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध « Khabarhub

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो– ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आगामी ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । 

बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहरिएका छन् ।

बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए। एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए। यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ।

मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए। उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयता माथि प्रश्न उठाएको आरोप लगाइएको छ । यो भेट युट्युबमा लाइभ स्ट्रिम गरिएको थियो ।

बोल्सोनारोलाई दोषी ठहर गर्ने न्यायाधीशहरूको प्यानलको अध्यक्षता न्यायाधीश अलेक्जान्डर डे मोरेसले गरेका थिए।

बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै बोल्सोनारोले निर्णयको विरुद्धमा अदालत जाने बताए।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ११ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको