दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ « Khabarhub

दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पेरिस- दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ ।

फ्रान्सका आन्तरिकमन्त्री गेराल्ड डार्मानीयँले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताएका छन् । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ ।

१७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला फ्रान्समा बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो ।

नान्तेरेमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मार्सेँमा केही दिनअघि नाहेल नामका १७ वर्षीय किशोरको हत्या गोली लागी मृत्यु भएको थियो। युवकको हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ ।

किशोरको सम्झनामा निकालिएको ¥याली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ । सो घटनाको आशङ्कामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सीएनएनले बीएफएमटीभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिशबाजी गरेको जनाएको छ ।

फ्रान्समा मङ्गलबार अशान्ति भड्किएको र नान्तेरेमा प्रहरीले आवागमन रोकेको केही घण्टापछि नाहेलको हत्या भएको थियो र त्यसको विरोधमा ४० वटा कारहरू जलाइएको थियो भने २४ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ३ : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक