पार्टी बदल्ने अभियानमा लागेको छु : कांग्रेस महामन्त्री थापा « Khabarhub

पार्टी बदल्ने अभियानमा लागेको छु : कांग्रेस महामन्त्री थापा


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी बदल्ने अभियानमा लागेको बताएका छन् ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताए ।

उनले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले चुनावपछिको गठबन्धन स्वभाविक भएपनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राखे ।

थापाले स्थानीयलगायत सबै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धित भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए । उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सही निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे ।

उनले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरे ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ४ : २९ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र