माछा किसानलाई पालिकाका कर्मचारीले ठगे | Khabarhub Khabarhub

माछा किसानलाई पालिकाका कर्मचारीले ठगे


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् ।

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् ।

माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन् । उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए ।

गाउँपालिकाले प्रतिगोटा रू तीन पर्ने भनिएको माछाको भुराका लागि रू डेढ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो ।

सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो । कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो ।

पालिका अध्यक्ष राजवंशीले भने, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।” उनले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ४ : ५७ बजे

महासचिव पोखरेलले भने- गणतन्त्रको विकल्प राजतन्त्र होइन, जनताले फ्याँकेको कुरामा समय खेर नफालौँ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै

सुर्खेत पुगे प्रधानमन्त्री ओली, यी छन् कार्यक्रम

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् । मध्यपश्चिम

भूमि अध्यादेशमा सत्तारुढ दलबीच सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ल्याएको भूमि अध्यादेश

बैतडी पुगेर गृहमन्त्रीले लिए शान्तिसुरक्षाबारे जानकारी

बैतडी– गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका