तनहुँका सामुदायिक विद्यालयमा ल्यापटप वितरण | Khabarhub Khabarhub

तनहुँका सामुदायिक विद्यालयमा ल्यापटप वितरण


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको हो ।

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागबमोजिम प्राथमिकताका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए । प्रवक्ता दरैका अनुसार शुक्ला मावि, सहिदगङ्गा मावि, राधा आवासीय विद्यालय, महेन्द्रदोय, जयदुर्गा मावि, श्रृग मावि, सरस्वती आवासीय विद्यालय र शिवसरस्वती माविलाई ल्यापटप प्रदान गरिएको छ ।

गाउँपालिकाले ७० प्रतिशत र विद्यालयले ३० प्रतिशत लगानी गरेर खरिद गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिल्यापटप रू ९० हजारका दरले खरिद गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ११ वटा मावि र ३४ आधारभूतसहित ४५ वटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष १० वटा विद्यालयलाई कम्प्युटर प्रदान गरिसकिएको छ । उनले भने, “बाँकी रहेका अन्य विद्यालयलाई पनि क्रमिक रुपमा वितरण गर्दै प्रविधिमैत्री बनाइने छ ।”

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : १६ बजे

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका