नयाँ पार्टी पानीको फोकाजस्तै हुन्, फुट्न धेरै समय लाग्दैन : कांग्रेस नेता महर « Khabarhub

नयाँ पार्टी पानीको फोकाजस्तै हुन्, फुट्न धेरै समय लाग्दैन : कांग्रेस नेता महर


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ पार्टीहरु धेरैदिन नटिक्ने टिप्पणी गरेका छन् ।  ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन् । आत्तिनु पर्दैन । पानीको फोका धेरैबेर टिक्दैन ।’ उनले भने ‘अहिलेका नयाँ शक्ति पानीको फोकाजस्तै हुन् । यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ चुटेरमात्र देश बन्दैन ।’

कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसका नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छ । उनले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए ।

‘कांग्रेस जनमैत्री हुनुपर्छ । त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ । ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ । त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’ उनले भने । स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले उनले देखिनेगरी प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न पनि सुझाव दिएका छन् ।

पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए । ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन् । सतही कुराको पछि लाग्छन् । जुन गलत छ । यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन’ उनले भने ।

डडेल्धुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : ३३ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र