अमेरिकामा अचानक बढे कोरोना संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा अचानक बढे कोरोना संक्रमित


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ । 

तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई दिएको जानकारी अनुसार लगभग छ सात महिनाको निरन्तर गिरावट पछि फेरि वृद्धि देखिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २५ बजे

कुश्मा-बुटवल प्रसारण लाइनको उद्घाटन

काठमाडौँ– नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री 

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालनी गरेका जनपक्षीय काम

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ

भक्तपुर– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार

संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

जनकपुरधाम– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका