ब्रेकिङ स्टोरी

संवैधानिक परिषदको बैठक बस्दै, नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने

By खबरहब

August 01, 2023

काठमाडौँ– संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । 

आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ ।

पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच सहमति नजुट्दा लामो समयदेखि परिषदको बैठक बस्न सकेको छैन ।