कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : अध्यक्ष लिङदेन « Khabarhub

कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : अध्यक्ष लिङदेन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।

‘हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईँहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?’ उनले भने

अध्यक्ष लिङदेनले सभामुखलाई राजिनमा गराउ र जेष्ठ सदस्यलाई मन्त्री बनाउने र सभाको सञ्चालन राप्रपा र एमालेका सांसदले गर्ने अवस्था बनाए प्रतिकार गर्ने चेतावनी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र