कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : अध्यक्ष लिङदेन « Khabarhub

कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : अध्यक्ष लिङदेन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।

‘हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईँहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?’ उनले भने

अध्यक्ष लिङदेनले सभामुखलाई राजिनमा गराउ र जेष्ठ सदस्यलाई मन्त्री बनाउने र सभाको सञ्चालन राप्रपा र एमालेका सांसदले गर्ने अवस्था बनाए प्रतिकार गर्ने चेतावनी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ४० बजे

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको