पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति « Khabarhub

पराष्ट्रमन्त्रीसँग समावेशीबारे जानकारी लिँदै समिति


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले  विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको हो ।

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिव लोकबहादुर थापालाई  (न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीलाई (थाइल्याण्ड)का लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।

परराष्ट्रमन्त्रीसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यदिशा, अवधारणा र सोचबारे जानकारी लिनेछ । यसअघि समितिले उहाँहरुको राजदूतमा नियुक्तिका सम्बन्धमा कुनै गुनासो वा उजुरी भए १० दिने सार्वजनिक सूचना जारी गरेकामा पाँच वटा उजुरी परेका थिए । उजुरीमध्ये एउटा संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तबारे प्रश्न उठाइएको थियो ।

बैठकमा सदस्यहरूले समावेशीसम्बन्धी प्रश्नबारे सम्बन्धित पक्षसँग जानकारी माग गर्नुपर्ने तथा उजुरीका नाममा प्रस्तावित राजदूतको मानमर्दन हुने बिनाआधार र प्रमाण दोषारोपण गर्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको सुझाव प्रस्तुत गरे । पेशेवर व्यक्तिबाट दिइने यस्ता न्यूनतम आधार र प्रमाण नपुगेको उजुरी हाल्नेलाई नबोलाउने विषय बैठकमा सदस्यहरूबीच सहमति भएको छ ।

ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जस्तो व्यक्ति सिफारिस गरेपनि सदर गर्ने हुलाक कार्यालयको स्टाम्प जस्तो समितिलाई बनाउन नहुने धारणा राखे । उनले भने, ‘राष्ट्रिय एकताका लागि समावेशिता आवश्यक छ, समावेशिताका विषयमा समितिको चासोबारे परराष्ट्रमन्त्रालयलाई पत्र पठाउनुपर्छ । दूतावास खाली नराखौँ, यथाशीघ्र सुनुवाइ अघि बढाऔँ ।’

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : ०१ बजे

विद्युत् प्राधिकरणका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला

युद्धबारे ट्रम्प : २५-३० वर्षसम्म उठ्न सक्दैन इरान

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी अमेरिकी सैन्य कारबाहीको

रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका

२३ वर्षको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो, पोर्चुगलको जर्सी अब नयाँ पुस्ताको हातमा

काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको