सिरहामा एक युवकको शव फेला | Khabarhub Khabarhub

सिरहामा एक युवकको शव फेला


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुनसक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भने, ‘अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शंका छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका