उपराष्ट्रपति यादवबाट फहराइयो मुलुककै उँचो राष्ट्रिय झण्डा | Khabarhub Khabarhub

उपराष्ट्रपति यादवबाट फहराइयो मुलुककै उँचो राष्ट्रिय झण्डा


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उँचो भएको दाबी गरिएको छ ।

मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गरे ।

मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा उद्घाटन गर्ने कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए ।

कूल पाँच करोड लागत अनुमानको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ०३ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा