नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरु इमान्दार बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीद्वारा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो मसस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौँ, देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौँ, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन ।”

राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।

उनले पटकपटकको सङ्घर्ष र बलिदानबाट देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशप्रेमी जनता एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “संविधानले धेरैको मुद्दा सम्बोधन गरेको छ, धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको छ, संविधान लेखनमा कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या देखिएको छ, त्यसो हुनुहुँदैन ।”

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : २८ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा