हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालन | Khabarhub Khabarhub

हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् ।

उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योगसहित नौ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ ।

सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये सात वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ ।

यसैगरी, सो औद्योगिक क्षेत्रमा अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख रहेका छन् ।

यस्तै, उक्त परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक भोजराज विनाडीले जानकारी दिए ।

हाल औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ हजार जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

उनले नेपाल सरकारद्वारा स्थापना गरिएको हेटौँडाको मयुरधापमा स्थापित नयाँ औद्योगिक क्षेत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ भित्रै नयाँ उद्योग स्थापना गर्ने क्रममा सम्बन्धित उद्योग व्यवस्थापनको मागबमोजिम जग्गा उपलब्ध गराउनेतर्फ प्रक्रिया सुरु भइरहेको बताए।

तत्कालीन श्री ५ को सरकारले विसं २०२० साल मङ्सिरमा हेटौँडामा औद्योगिक क्षेत्रको स्थापना गरेको थियो । हाल उक्त औद्योगिक क्षेत्रभित्र करिब नौ सय ५५ रोपनी जग्गा नयाँ उद्योग स्थापनाका लागि राखिएको र नयाँ उद्योगले जग्गा प्राप्तिको लागि निवेदन दिँदै आएको पनि प्रबन्धक विनाडी जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : २६ बजे

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज