सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन « Khabarhub

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इलाम– चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् ।

यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उहाँले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताए ।

सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा युवाले सक्रियता देखाएका छन् ।

लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र हो । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौँरीका लागि अनुकूल मानिन्छ । चौँरी घरपालुवा र जङ्गली गरी दुई प्रकारको हुन्छ । उराङ जातको चौँरीलाई घरमा पाल्ने गरिएको छ ।

फालेलुङमा चौँरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ । चौँरीपालनमा युवा बढी संलग्न छन् । चौँरीको दूधबाट मात्र होइन रौँबाट पनि आम्दानी हुने गरेको छ । रौँबाट राडीपाखी बन्ने गरेको छ । गाई किर्खोबाट जन्मिने चौँरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौँरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १० : ५८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर