गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी « Khabarhub

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।

 डाँडापाखामा अह्रोरात्र कुहिरो लागे पनि मेला अवधिभर पानी नपरेपछि उकालीओराली गर्न अत्यन्तै सहज भएको तीर्थ यात्रामा गएका यात्रुले बताएका छन् । 

यात्रुलाई लेक लाग्ने समस्याको समाधानका लागि नेपाली सेनाले चन्दनबारीदेखि धार्मिक मार्गका ठाउँठाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै चोलाङपार्टीमा सेनाले मेडिकल क्याम्पसमेत राखेको छ । 

रसुवा अस्पताल र गोसाइँकुण्ड गाउँपालिकाले लौरीविनायक क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै गोसाइँकुण्डको तलाउ डिलबाट हिमालय उद्धार सङ्घले यात्रुलाई उपचार सेवा दिएको धादिङका तीर्थयात्रु हरि पाठकले बताए ।

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका एक जना यात्रुको यही १० गते लेक लागेर निधन भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। उनले गोसाइँकुण्डबाट फर्किने क्रममा डिम्सा आसपास क्षेत्रबाट एक जना यात्रु हराइरहेकाले उनको खोजी तीव्र पारिएको बताए।

यात्राका क्रममा अन्य जोखिमखाले घटना नभएको प्रहरी प्रमुख बुढाथोकीले बताए । सुरक्षा निकायले एक जना यात्रुको उद्धार गरेको जनाउँदै उनले बिरामी यात्रुको थप उपचारार्थ काठमाडौँ पठाइएको जानकारी दिए ।

गोसाइँकुण्ड मेलामा भएका गतिविधिको विस्तृत विवरण शनिबार साँझसम्म सङ्कलन भइसक्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए। उनले मेलामा सहयोग गर्नुहुने सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई धन्यवाद दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : ३४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती