श्रृजनशील उद्यमी मेला काठमाडौंमा सुरु | Khabarhub Khabarhub

श्रृजनशील उद्यमी मेला काठमाडौंमा सुरु


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला श्रृजनशील केन्द्रको आयोजनामा सृजनशील उद्यमी मेला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।

श्रृजनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला सृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिए ।

मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरूको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरू, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम राखिएको उनले बताए ।

महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

८० भन्दा बढि स्टल रहेको मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  २ : ३३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास