कर्णालीका कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही | Khabarhub Khabarhub

कर्णालीका कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा मंगलबहादुर शाहीलाई तोकिएको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्। 

मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि २ सम्म स्वीट्जरल्याण्डको जुरीचमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनका लागि गएका छन् । 

प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्  ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ४४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका