नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : नेता महर « Khabarhub

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : नेता महर


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको  त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्। 

शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र  नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए। उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने धारणा राखेका छन्।

‘चीन नेपालको असल छिमेकी हो । तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने, सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ’

उनले भूगोल र जनसङ्ख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताएका छन्। एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने उनको धारणा थियो।

‘नेपालको सार्वभौम संसद्‌ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भूभाग सहितको नक्सा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भने।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ३६ बजे

ड्रोनबाट यस्तो देखियो भत्काउँदै गरेको सुकुम्वासी बस्ती (तस्बिरहरु)

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज– नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय