हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुने « Khabarhub

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुने


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे। प्रदेश राजधानी र संघीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । 

मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ५ : ०२ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त