ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको १० औँ मिनेटमा रेडहर्षका युवराज राईले एक पहिलो गोल गरेका थिए, भने ५८ औँ मिनेटमा आशिष राईले दोस्रो गोल गरेका थिए ।

यसअघि हिजो भएको खेलमा घरेलु टिम मानाभरा युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैबीच भोलि दिउँसो १ बजेपछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ क्लबसहित आठ टिम सहभागी छन् । विसं।२०२९ देखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारीलगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन भएको हो ।

यही भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्रासँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाई राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्णरूपले जुटेको अध्यक्ष गुरुङले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : १९ बजे

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर