सर्पले किन काँचुली फेर्छ « Khabarhub

सर्पले किन काँचुली फेर्छ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सर्प देख्दा सबैलाई डर लाग्छ । सर्प देख्दा डर लाग्नु स्वभाविक पनि हो । कतिपय सर्पहरु यति विषालु हुन्छन् कि टोकेपछि तत्काल उपचार नपाए मानिसको ज्यानै जान्छ ।

नेपालमा सर्पको टोकाइबाट वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेको समाचारहरू पनि हामी सुन्दै- देख्दै आइरहेका छौँ । सर्पले काँचुली फेर्ने गरेको पनि हामीलाई थाहा छ । आज हामी सर्पले किन काँचुली फेर्छ भन्ने विषयमा चर्चा गर्छौँ । यसबारे धेरैलाई थाहा नहुन सक्छ ।

जसरी मानिस कपडा फेर्छन्, त्यसरी नै सर्पले पनि काँचुली फेर्ने गर्छ । सर्पले आफ्नो छाला खराब भएपछि वर्षमा तीनदेखि चार पटकसम्म काँचुली फेर्ने गर्छ ।  काँचुली फेर्दा सर्पको छाला सफा हुने र कुनै संक्रमण भएमा पनि निको हुने गर्छ ।

जसरी पुरानो मृत छाला को ठाउँमा नयाँ छालाले ठाउँ लिन्छ, सर्पको पनि त्यस्तै पुरानो काँचुली गएपछि नयाँ काँचुली पलाउँछ । 

काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । यस अवस्थामा सर्पको आँखा दुधिया र बादल लागेकोजस्तो देखिन्छ  ।

सर्पको आँखा त्यसबेलामा मात्र पारदर्शी झिल्लीबाहिर प्रष्टसँग देख्न सकिन्छ, जब यसले आफ्नो काँचुली फेर्छ । यसरी काँचुली फेर्दा सर्पको आँखालाई ढाकेर रहेको पारदर्शी झिल्लीसमेत शरीरको माथिल्लो पत्र पूर्ण रुपमा परिवर्तन हुन्छ । 

यस अवस्थामा सर्पको आँखा दुधिलो र बादल लागेकोजस्तो देखिन्छ । यसो हुनुको कारण सर्पको पुरानो काँचुलीको आँखालाई ढाक्ने पारदर्शी झिल्ली र नयाँ झिल्लीको बीचमा निस्कने तरल पदार्थ नै हो । 

यो तरल पदार्थ शरीरबाट पुरानो काँचुलीलाई त्याग्न सजिलो पार्नको लागि निस्कने गर्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ४८ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष