सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते | Khabarhub Khabarhub

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका-२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो।

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ का २० वर्षीय कृष्ण खड्का, सोही ठाउँकी १५ वर्षीया इन्द्रा राना, २३ वर्षीया मिना जिसी, उनका छोरा वर्ष ८ का केशव राना रहेका छन्।

त्यसैगरी सोही ठाउँ बस्ने वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नरबहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का पनि दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरु सबैको उपचार माया नर्सिङ होममा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : १७ बजे

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको