हिरासत कक्षमा पुस्तकालय स्थापना « Khabarhub

हिरासत कक्षमा पुस्तकालय स्थापना


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेनी– जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गर्न सहयोग गरेको हो । 

पुस्तकालयको लायन्स क्लब अफ ३२५ ‘बी’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई पाँच सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । प्रहरी नायब उपरीक्षक कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने र  आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्‍याउने बताए ।

हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानका साथै थुनुवालाई भेट्न आउनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष नेत्रराज सुवेदीले जानकारी दिए । 

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका रिजन पर्सन अर्जुन पौडेल, एवजी खम थापा, लायन्स क्लब अफ दोभानकी अध्यक्ष जमुना केसीले हिरासतमा रहेका व्यक्तिलाई पुस्तकालयको प्रयोगमा प्रोत्साहन गर्न सकेमा पठन संस्कृतिमा परिवर्तन ल्याउन सकिने र सकारात्मक सोचको विकास गराउन सकिनेमा जोड दिए ।

यसैबीच हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयमा लायन्स क्लब अफ बेनी लभ्लीहिलका संस्थापक अध्यक्ष  पौडेलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न पुस्तक हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : २० बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको