समस्यामा चीनको प्रोपर्टी मार्केट पीडित | Khabarhub Khabarhub

समस्यामा चीनको प्रोपर्टी मार्केट पीडित


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

‘मलाई त सम्झँदा पनि अत्यास लाग्छ’, गाओले भर्खरी किनेको घरको बारेमा भनेकी छन्,‘ ‘मैले कठिन महसुस गरेको छु। मेरो परिवारसँग कसरी कुरा गर्ने भन्ने द्विविधामा छु।’

सन् २०२१ मा चिनियाँ प्रोपर्टी कम्पनी मध्येकै बादशाह एभरग्रान्डेमा समस्या देखिएको थियो। यो शीर्ष क्रमको डेभलपरको समन्वयमा गाओले घर किनेका थिए। ६० वर्ष पुरा भएका उनीहरूको जोडीले यसका लागि ३० हजार अमेरिकी डलर लगानी गरे। यो उनीहरूले डाउन पे मेन्ट गरेका हुन्। तर दुर्भाग्य अझैसम्म सो घरको पहिलो तलाको काम नै सकिएको छैन। उनीहरूले आफ्नो आम्दानीको ७५ प्रतिशत हिस्सा त त्यहाँ बन्धक बनाए।

‘हामीले हाम्रो छोरा ग्य्राजुएट भएपछि त्यही आनन्ददायी जीवन यापन गरोस् भन्ने चाहेका छौं’, अहिले एभरग्रान्डे यस विषयमा प्रतिक्रिया बिहीन भएको छ। ग्राहक मारमा परेका छन्। तथापि यसको कुनै जवाफ नै छैन।

चीनको केन्द्रमा रहेको हेनान प्रान्तमा उनीहरूले घर खरिद गरेका थिए। मुख्य फ्रेम बनाउन सुरु भएको उनीहरूले थाहा पाएको थिएँ। त्यसपछि नै उनीहरूले सुने की एभरग्रान्डेको अवस्था नाजुक भइरहेको छ।

सेप्टेम्बर २०२१ मा एभरग्रान्डेले पहिले नै लिइसकेको र तिर्न बाँकी रहेको १ मिलियन अमेरिकी डलर तिर्न बाँकी रहेको थियो। त्यसै समयमा यो पनि थाहा भएको थियो कि १ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको घर बनाउन बाँकी छ। अहिले चीनको रियल स्टेट र प्रोपर्टी क्षेत्रमा आएको यो संकट अबको दुई वर्ष जाने बताइएको छ।

बैङ्कको खराब ऋणको अवस्थाले देशको आर्थिक क्षेत्र नै तहसनहस छ। यस अवस्थामा सो प्रोपर्टी कम्पनी फेरि उक्सने विरलै आशा गरिएको छ। यसका संस्थापक ह्यका यान र अन्य वरिष्ठ अधिकारी यसै साता गिरफ्तार भएको समाचार बाहिर आएको छ।

‘मैले मेरो अवकाश बापतको रकम त्यसमा त्यसका डाउन पे मेन्ट गरेको थिएँ’, उनले भनिन, ‘हाम्रो परिवार अझ ३० वर्ष दुःखको सामना गर्दै छ।’ उनले यस वर्षको डिसेम्बरमा साँचो पाउने आश्वासनसमेत पाएकी छन्।

जीवन भरको कमाइ त्यस घरमा लगाउने अन्य धेरैका लागि आफ्नो पुरै लगानी डुबेकोमा चिन्ता छ। चिन्ता एभरग्रान्डेको मात्र होइन। प्रोपर्टी क्षेत्र नै अहिले तहसनहस छ। यसको असर सम्पूर्ण रूपमा परेको छ। काउन्ट्री गार्डेनले आधा वर्षमा ६ दशमलव ७ अर्ब डलर बराबरको घाटा सहेको छ। यसले बनाउन बाँकी रहेको एक मिलियन डलर बराबरको घर बिक्री गरिसकेको छ।

गएको दुई वर्षमा घरको व्यापार फस्टाएको मात्र थियो। यो देख्नेहरूले कहिले पनि दुरावस्थाको कल्पनासमेत गरेका थिएनन्। चीनको प्रोपर्टी व्यवसाय त्यहाँको तेस्रो ठुलो उद्योग हो। अहिलेको खराब अवस्थाको असर समन्वय रहने अन्य व्यवसायमा समेत पर्ने देखिएको छ।

सिमेन्ट र रड जस्ता कन्स्ट्रक्सन सामग्रीसहित अन्य धेरै कुराको व्यवहारमा अहिले असर देखिएको छ। सबै भन्दा धेरै असर घरेलु उपभोगको सामानमा देखिएको छ।

बेइजिङले अझ ठुलो समस्याको सामना गर्नुपर्ने छ। उत्पादनमा वृद्धि छैन। यो नै त्यहाँको अर्को समस्या हो। आयातका कमी आएको छ भने युवा वेरोजगारीको दर २० प्रतिशतभन्दा माथि पुगिसकेको छ।

बेइजिङ अहिले सामान्य नागरिकको आक्रोश बढेर अर्को दुर्घटना हुने त होइन भन्ने चिन्तामा छ। अहिले विदेश मन्त्रालयले राज्य नियन्त्रित सञ्चार माध्यमको प्रयोग गरेर जबरजस्ती त्यहाँको खराब अवस्थालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ।

एभरग्रान्डे र अन्य प्रोपर्टी कम्पनीमा परेको असरका बारे अहिले व्यापक छलफल भइरहेको छ। वेइबोमा त्यसको उठान गरिएको छ। यस्ता विषयमा उठेको विषयमा ६ सय मिलियनसम्म भ्यु देखिएको छ।

प्रस्ट संयन्त्र नियमनको अभावका अहिले ग्राहक मारमा परेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरिएका छन्। सबै जना के प्रस्ट भएका छन् एभरग्रान्डेको जस्तो अवस्था प्रोपर्टी मार्केटका अन्य कम्पनीमा पनि पक्कै आउने छ।

ग्राहकलाई आकर्षित गर्न धेरै उधारो दिने र अनावश्यक प्रतिस्पर्धा गर्ने गरेका कारण अहिले यो समस्या आएको प्रोपर्टी मार्केटमा जनाइएको छ। मुस्किलले जम्मा गरेको रकम अर्पाटमेन्टका लागि खर्च गर्नेहरूको अहिले बिजोग भएको छ। उधारोमा खरिद गर्नेहरूको अवस्था अझ फरक छ। देशको खराब र बिग्रँदो अर्थतन्त्रका कारण उनीहरूको आम्दानीको अनुमान मिलेको छैन। यसै कारण धेरैले किस्ता तिर्न सकेका छैनन्। यो समस्या तत्कालै मुक्ति पाउने कुनै छाँटकाँट नै देखिएको छैन।

मानिसहरू अहिले भ्रमित हुनुका साथै झुटो प्रचारको मारमा परेर घर खरिद गर्नेहरूको पीडाबाट छटपटाइ रहेका छन्। टिकटककै चिनियाँ भर्सन डायोयीनमा पोस्ट गरिएको एक भिडियोमा एक व्यक्तिले घरको किस्ता तिर्न र अन्य आवश्यक जोहो गर्न तीन स्थानमा काम गर्नु परेको पीडा व्यक्त गरेका छन्।

दुई वर्ष अगाडि एभरग्रान्डे ओरालो लागेपछि दक्षिणी चीनको सेनजेनमा विरोध प्रदर्शन भएको थियो। अहिले फेरि विरोधका स्वरहरू गुन्जन थालेका छन्। एक जना प्रदर्शनकारीले निर्माण कार्य रोकिनुका साथै घर बनाउने कार्य रोकिएपछि सबै फिर्ता गर्नुपर्ने माग गरेका छन्।

गाओ र एभरग्रान्डका अन्य ग्राहक अहिले एक आपसमा जोडिएका छन्। उनीहरूले तीन वटा वेइबे च्याट समूह तयार गरेका छन्। प्रत्येकमा पाँच सयका दरले सदस्य थपिएका छन्। उनीहरूले सरकार समक्ष आवाज उठाउने तथा कसैले पनि सो कुरालाई अस्वीकार गर्न नसक्ने जनाएका छन्।

उनलाई स्थानीय अधिकारीले सामाजिक सञ्जालमा प्रोपर्टी बजारका बारे केही पनि उल्लेख नगर्न चेतावनी दिइसकेका छन्। यो सञ्जालमा आबद्ध हुनेहरू कतिपय प्रत्येक निर्माण स्थलमा पुग्ने गरेका छन्। उनीहरूले केही व्यक्ति जम्मा भएर काम गरेको देखेका छन्। अहिले बैंकले ताकेता गरेको छ। सायद बैङ्कले उनीहरूको काम रोक्ने सम्भावना छदै छ।

चीनको यो विकराल अवस्थाको असर विस्तारै अन्य क्षेत्रमा पनि पर्नसक्ने जनाइएको छ। स्रोतः बीबीसी

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : २७ बजे

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी