‘संविधान कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्छ’ « Khabarhub

‘संविधान कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्छ’


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हामीले राम्रो संविधान बनाएका छौं। आठ वर्षको यो समयमा कार्यान्वयनमा केही समस्या देखियो। कार्यान्वयनमा समस्या रहेको कारणले सामाजिक असन्तुष्टि एकदमै धेरै छ। अहिले प्रश्नहरू धेरै छन्। समस्याहरू छन् भनेर हामीले पनि स्वीकार गरिसकेको अवस्था छ।

शासन सञ्चालनमा, सुशासनमा, सङ्घीयतामा त झन् धेरै ठुलो प्रश्न उठिरहेको छ। निर्वाचन अत्यन्तै खर्चिलो भएर गइरहेको अवस्था छ। मौलिक हक कार्यान्वयन नभएको अवस्था छ। यो शासन सत्ता र पहुँचमा रहने व्यक्ति नै खास गरेर भ्रष्टाचारमा डुबिरहेको र अनियमितताका कामहरूमा डुबिरहेको अवस्था छ। यस्ता विषयमा पहुँचवाला व्यक्ति र उहाँको परिवार कताकताबाट अनियमितता र भ्रष्टाचारमा सम्मिलित भइरहेको अवस्था पनि छ।

अहिले सामाजिक अराजकता बढेको र नयाँ पुस्ताले नेपालको राजनीतिक नेतृत्वप्रति, संविधानप्रति, सरकार, दलप्रति असाध्यै आक्रोशित देखिन्छ। यसले अविश्वास गरिरहेको जस्तो देखिन्छ। हामीले त्यो पुस्तालाई अवसर, रोजगारी र शिक्षा दिन नसकेको अवस्था छ।

ठुला राजनीतिक दलमा जसले यो संविधान निर्माण गरेका हुन्। निर्माणमा यिनै दलको संलग्नतामा भएको हो। कार्यान्वयन पनि त्यसैगरी अगाडि बढाउनुपर्ने हो। कार्यान्वयनमा केही समस्या देखियो।

त्यसकारण ठुला राजनीतिक दल, संसद्, सरकार वा जो हिजो संंविधान निर्माण गर्ने क्रममा बढी सम्मिलित भएका थिए। तिनै दलले संविधान कार्यान्वयनमा जिम्मेवार, संवेदनशील र इमानदार बन्नुपर्ने देखिन्छ । त्यो नहुँदा अहिले प्रश्न उठ्यो। त्यो प्रश्न राजनीतिक नेतृत्वप्रति, दलमाथि नै छ।

नयाँ पुस्ता जसले भोलिको भविष्य निर्माण गर्ने हो। उनीहरूले बाटो बिराइरहेको, देश छोडिरहेको अवस्था छ। अहिलेको अवस्था डरलाग्दो नै हो। जिम्मेवारपूर्वक हामीले सोच्दा त्यो एकदमै डरलाग्दो अवस्था छ। अब यसलाई यही कार्यान्वयनमा ल्याउने पक्षमा हामी सबै इमानदार भएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ। म यही कामना गर्छु।

(संविधान दिवसको अवसरमा पेभिलियन हल दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्व सांसद् खेम लोहनीले राख्नुभएको धारणाको सारसंक्षेप)

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : १३ बजे

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित