सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद | Khabarhub Khabarhub

सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा १ सय वटा अवैध रेडियो सेट वाकिटकी बरामद भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट आइतबार ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको वाकिटकी बरामद भएको हो ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी हेण्डसेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।

उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।

बरामद वाकिटकी आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ५० बजे

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह

मुम्बइ– रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट

बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : ओली

गोरखा– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते

हिउँमै भेडीगोठ

बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ ।