१९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमान « Khabarhub

१९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमान


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।

चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो । यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए ।

उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे । टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए । आज नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

माल्दिभ्सका लागि ब्याटिङ गर्ने क्रममा मुएवियाथ अब्दुल घानीले ३४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै राशिद राशमले १२ तथा सिउस फरिदले १० रन बनाए । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले ।

यस्तै  कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । कुशल भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन, गुलशन झाले २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रन तथा विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन बनाए । बलिङतर्फ माल्दिभ्सका बदिउ इस्माइल नाजवानले तीन विकेट लिए ।  नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

समूह ‘ए’बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’मा रहेका मङ्गोलिया र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङका र अफगानिस्तानले सोझै क्वाटरफाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ५६ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको