नयाँ ढङ्गले पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराती | Khabarhub Khabarhub

नयाँ ढङ्गले पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराती


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल टानको ४५औँ साधारणसभामा मन्त्री किरातीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए ।

“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखे ।

“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ”, उनले भने । पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताइन् । “सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ”, उनले भनिन् ।

उनले पर्यटन क्षेत्रसम्बन्धित ऐन  पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकार र निजी क्षेत्रकाबीच सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कानुनको समस्या र महालेखा परीक्षक कार्यालयको अवरोधका कारण पर्यटन क्षेत्रको विकासमा काम गर्न बोर्डलाई समस्या परेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि निर्णय र काम गर्ने निकाय एउटै भए काम गर्न सहज हुने उल्लेख गरे ।

एशोसिएशनका अध्यक्ष निलहरि बाँस्तोलाले पर्वतीय पर्यटनको विकासमा ४५ वर्षको इतिास बोकेको टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गरे ।

उनले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै यसलाई जोगाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । टानका पूर्वअध्यक्ष रमेश धमला, खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको मुद्दालाई समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ०४ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको