बहुमत पुग्ने अवस्थामा मात्रै कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ : राप्रपा | Khabarhub Khabarhub

बहुमत पुग्ने अवस्थामा मात्रै कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ : राप्रपा


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने बताएका छन् ।

आइतबार विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको गतिविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन् ।

कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठूला दलहरु मिल्नुपर्ने उनले बताए । नेता सिटौलाले विपक्षी गठबन्धनले अहिलेसम्म राप्रपासँग समर्थन माग्नका लागि कुनै वार्ता गर्नसमेत नआएको बताए ।

उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।

सिटौलाले जातिय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफूहरुले सधैँ विरोध गर्ने बताउदै कोशी प्रदेशका नामाकरणबारे प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण कोशी प्रदेशमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भइरहेको आरोप लगाए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ०७ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा