दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, संसदमा विद्यालय शिक्षा विधेयक पेश, केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित, सुन तस्करी अध्ययन र छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति, दोलखामा थप ४ किलो सुन फेला, १९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमानलगायतका समाचारले प्रमुख स्थान पाए ।

पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उनले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।

संसदमा विद्यालय शिक्षा विधेयक पेश

सरकारले संसदमा विद्यालय शिक्षा विधेयक पेश गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सो क्रममा मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकारवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधनको प्रक्रिया बाट सम्बोधन गराउन पहल गर्ने बताए ।

दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित

काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

सुन तस्करी अध्ययन र छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

दोलखामा थप ४ किलो सुन फेला

दोलखामा थप ४ किलो सुन फेला परेको छ । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा प्रहरीले ४ किलो सुन बरामद गरेको हो ।

केही दिनअघि सोही क्षेत्रबाट ७ किलो सुन बरामद भएको थियो । अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।

१९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमान

नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।

क्रिकेटमा विश्व कीर्तिमान राखेका ऐरीलाई महानिरीक्षक कुँवरद्वारा बधाई ज्ञापन

नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गरका छन् । ऐरीले चीनमा जारी १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् ।

गत सेप्टेम्बर २७ मा मङ्गोलियाविरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ५९ बजे

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता सुखद : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलाममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन