लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक | Khabarhub Khabarhub

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जनाएको हो ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगत्को संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलबाट पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको हो ।

अवार्डका लागि आयोजकले आज उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको सार्वजनिक गरिएको हो । उक्त १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए ।

अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहेका छन् । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३९ बजे

सत्ता गठबन्धनका नेताहरूको बैठक जारी

काठमाडौँ– सत्ता गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौँ– साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

सुर्खेत– बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको