बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ | Khabarhub Khabarhub

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आज छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट गए राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आज पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको थियो ।

बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा हाल दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ४१ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन