संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी आज न्यूयोर्क प्रस्थान गरेका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार नेपाल आएका थिए । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस्तै, उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । 

भम्रणका क्रममा गुटेरेसले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई हिजो सम्बोधन गरेका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ०६ बजे

बालकृष्ण खाणको मुद्दामा राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेस हुने

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई 

कास्की – राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई हराउँदै

आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा

जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सङ्गठन विस्तार तथा