संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान « Khabarhub

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्यूयोर्क प्रस्थान


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी आज न्यूयोर्क प्रस्थान गरेका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार नेपाल आएका थिए । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस्तै, उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । 

भम्रणका क्रममा गुटेरेसले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई हिजो सम्बोधन गरेका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ०६ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३