उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ « Khabarhub

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ऋषिकेश– अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्। 

एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरू स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन् ।

एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष डा. रविकान्तले कामदारको राम्रोसँग परीक्षण गरिएको र उनीहरुको रगत परीक्षण, ईसीजीएक्स–रेको रिपोर्ट सामान्य रहेको बताए । उनले भने, ‘उनीहरु शारीरिक रूपमा स्वस्थ र चिकित्सकीय रूपमा स्थिर छन्, त्यसैले  उनीहरूलाई घर जान अनुमति दिएका छौं।’

डा रविकान्तले उत्तराखण्डका एक मजदुरलाई भने मुटुसम्बन्धी रोग लागेको र हाल अस्पतालमा राखिएको बताए । तर, चम्पावत जिल्लाका पुष्करसिंह ऐरीको सुरुङ दुर्घटनासँग कुनै सम्बन्ध नरहेको र जन्मदेखि नै यो रोग रहेको उनले स्पष्ट पारेका छन् ।

कामदारमा एट्रियल सेप्टल डिफेक्ट (एएसडी) समस्या देखिएपछि थप अनुसन्धानका लागि डिजास्टर वार्डबाट मुटुरोग विभागमा सारिएको चिकित्सकले बताएका छन् ।

चारधाम यात्रा मार्गमा निर्माणाधीन साढे चार किलोमिटर लामो उत्तरकाशी सुरुङमार्गको केही भाग गत नोभेम्बर १२ भत्किँदा ४१ जना कामदार १७ दिनसम्म फसेका थिए । केन्द्र र प्रदेश सरकारका निकायले निरन्तर युद्धस्तरमा सञ्चालित उद्धार अभियानको १७ औँ दिन मंगलबार राति उनको सफल उद्धार गरिएको थियो । सुरुङबाट बाहिर निकालेपछि सघन स्वास्थ्य परीक्षणका लागि बुधबार ऋषिकेशको एम्समा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ३५ बजे

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर