धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्र सुरु | Khabarhub Khabarhub

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्र सुरु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

गोदावरीधनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उनले बताएका छन्  ।

द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो । 

कैलालीमा थप साढे छ किमीडोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिएका छन्। उनका अनुसार डोटीतर्फकिमी कालोपत्र गरिएको छ । 

डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको रावलको भनाइ थियो । उनका अनुसार द्रुतमार्गको ४३ दशमलव आठ किमी सडक कालोपत्रका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।

धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्र गर्नका लागि भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ । 

दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आवमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले  जनाएको छ । 

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किमी सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किमी पनि थपेर ९२ किमी काम भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ३७ बजे

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा