चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ | Khabarhub Khabarhub

चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । दूधपोखरी राजमार्गअन्तर्गत पर्ने गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको राइनास नगरपालिका जोड्ने चेपेखोला मोटरेबल पुल गत वर्ष नै निर्माण भइसक्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेको ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिएका छन् । 

आयोजना कार्यालयले विसं २०७७ जेठमा दुई वर्ष छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी बिक्वे बिल्ड्रर्स प्रालिसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७९ मङ्सिरभित्रमा पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि काम सम्पन्न नगरेको उनले बताएका छन् ।

पुल निर्माणको भौतिक प्रगति आहिलेसम्म ७० प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए। ‘निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो, पहिलोपटक थपिएको म्यादसमेत गुज्रिसकेको छ’, उनले भने, ‘थप गरिएको समयमा समेत काम सम्पन्न गर्न सकेन फेरि पनि म्याद थप गर्नुपर्ने अवस्था छ ।’

पुलको जग राख्ने, सबस्टक्चर निर्माण गर्ने, पुलको एकातर्फको स्पाम सुपर स्टक्चर निर्माणको काममात्र सकिएको प्रमुख खड्काले बताएका छन्। ‘अझै अर्कोतर्फको स्पाम सुपर स्टक्चर निर्माणदेखि बाँध निर्माणको काम बाँकी नै छ, त्यसबाहेक पुलसँग जोडिएको सडकको पहुँचमार्ग पनि ठेकेदारले निर्माण गर्न बाँकी छ’, उनले भने ।

कार्यालय प्रमुख खड्काले ठेकेदारले इमानदार भएर काम गरे अब म्याद थप भएर आउने समयसीमाभित्र काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताएका छन् । प्रि–स्ट्रेस प्रविधिको उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । चेपे पुल निर्माणका लागि आयोजनाले बिक्वे बिल्ड्रर्स प्रालिसँग रु सात करोड ६० लाखमा ठेक्का  सम्झौता गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ४३ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको