चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ « Khabarhub

चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । दूधपोखरी राजमार्गअन्तर्गत पर्ने गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको राइनास नगरपालिका जोड्ने चेपेखोला मोटरेबल पुल गत वर्ष नै निर्माण भइसक्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेको ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिएका छन् । 

आयोजना कार्यालयले विसं २०७७ जेठमा दुई वर्ष छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी बिक्वे बिल्ड्रर्स प्रालिसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७९ मङ्सिरभित्रमा पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि काम सम्पन्न नगरेको उनले बताएका छन् ।

पुल निर्माणको भौतिक प्रगति आहिलेसम्म ७० प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए। ‘निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो, पहिलोपटक थपिएको म्यादसमेत गुज्रिसकेको छ’, उनले भने, ‘थप गरिएको समयमा समेत काम सम्पन्न गर्न सकेन फेरि पनि म्याद थप गर्नुपर्ने अवस्था छ ।’

पुलको जग राख्ने, सबस्टक्चर निर्माण गर्ने, पुलको एकातर्फको स्पाम सुपर स्टक्चर निर्माणको काममात्र सकिएको प्रमुख खड्काले बताएका छन्। ‘अझै अर्कोतर्फको स्पाम सुपर स्टक्चर निर्माणदेखि बाँध निर्माणको काम बाँकी नै छ, त्यसबाहेक पुलसँग जोडिएको सडकको पहुँचमार्ग पनि ठेकेदारले निर्माण गर्न बाँकी छ’, उनले भने ।

कार्यालय प्रमुख खड्काले ठेकेदारले इमानदार भएर काम गरे अब म्याद थप भएर आउने समयसीमाभित्र काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताएका छन् । प्रि–स्ट्रेस प्रविधिको उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । चेपे पुल निर्माणका लागि आयोजनाले बिक्वे बिल्ड्रर्स प्रालिसँग रु सात करोड ६० लाखमा ठेक्का  सम्झौता गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी