गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान « Khabarhub

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष सुरक्षा बलबीच गोली हानाहान भएको छ । गिनी बिसाउमा नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका हुन् ।

अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान बोलाएर न्यायपालिकाले हिरासतमा लिएको थियो । प्रहरीले राज्य कोषबाट एक करोड अमेरिकी डलरको निकासीका बारेमा दुवै अधिकारीहरूसँग घण्टौँसम्म सोधपुछ गरिएको उक्त स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले सेइदीसँग राज्यकोषबाट रकम निकासीका बारेमा प्रश्न गरेका थिए । उनले निकासी कानूनसम्मत रहेको र राष्ट्रिय निजी क्षेत्रलाई समर्थन गर्नु त्यसको उद्देश्य रहेको दाबी गरेका थिए ।

नेसनल गार्डका सदस्यहरूले राजधानी बिसाउबाट दक्षिणमा पर्ने सान्ता लुजिया जिल्लाको ब्यारेकमा आश्रय लिनुअघि बिहीबार राति सेइदी र मोन्टेइरोलाई अज्ञात स्थान लगेको स्रोतहरूले बताएका छन् । त्यसपछि छिमेकको ब्यारेक नजिकै ठूलो गोली हानाहानको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।

स्रोतहरूका अनुसार मध्यस्थताको धेरै असफल प्रयासपछि विशेष बलहरूले हस्तक्षेप गरेका थिए र गोली हानाहानपछि शान्ति बहाल भएको छ । इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (इकोवास) ले देशमा तैनाथ गरेको गिनी बिसाउ स्टेबिलाइजेसन सपोर्ट फोर्सका सदस्यहरू शुक्रबार बिहान बिसाउको सडकमा गस्ती गरिरहेको देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

सन् २०१९ डिसेम्बरमा निर्वाचित राष्ट्रपति उमारो सिसोको एम्बाले हाल २८औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) मा भाग लिन दुबईमा छन् । उनले सेप्टेम्बरमा दुई जनरल टोमस जस्सी र होर्टा इन्टालाई क्रमशः राष्ट्रपतिको सुरक्षा प्रमुख र चिफ अफ स्टाफका रूपमा नियुक्त गरेका थिए ।

पश्चिम अफ्रिकामा विशेष रूपमा ग्याबोन, नाइजर, माली, बुर्किना फासो, गिनी र यसै साता फेरि सिएरा लियोनमा सरकारलाई अपदस्थ गर्ने प्रयास बढिरहेका बेला राष्ट्रपतिको सुरक्षामा उक्त सुदृढीकरण गरिएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  २ : ११ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष