राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई  | Khabarhub Khabarhub

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई 


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टि२० प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मधेशले आर्मीलाई ११ रनले हराएको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

मधेशका हरिशंकर शाहले ४ विकेट लिए । प्रदीप पासवानले २ विकेट लिँदा प्रतिक यादवले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि विशाल पटेलले नटआउट रहँदै ४९ रन बनाए । हरिशंकर शाहले २७ रन बनाउँदा हिमांशु दुक्तले १४ रन बनाए ।

आर्मीका विवेक यादव र सहब आलमले समान ३–३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले पनि समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः