कोप२८ जलवायु परिवर्तनविरुद्ध ‘महत्वपूर्ण मोड’ हुनुपर्छ– राजा चार्ल्स तृतीय | Khabarhub Khabarhub

कोप२८ जलवायु परिवर्तनविरुद्ध ‘महत्वपूर्ण मोड’ हुनुपर्छ– राजा चार्ल्स तृतीय


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दुबई- बेलायतका राजा चार्ल्स तृतीयले कोप२८ जलवायु वार्ता जलवायु परिवर्तनविरुद्धको लडाइँमा ‘वास्तविक रूपान्तरणकारी कार्य’ सहित ‘महत्वपूर्ण मोड’ हुनुपर्ने बताएका छन् । उनले दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“म हृदयदेखि नै प्रार्थना गर्दछु, कोप२८ वास्तविक रूपान्तरणकारी कार्यको दिशामा एउटा महत्त्वपूर्ण मोड हुनेछ”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासहित भेला भएका नेताहरूसँग राजा चार्ल्सले भने, “पृथ्वी हाम्रो होइन, हामी पृथ्वीका हौँ ।” आजीवन पर्यावरणका क्षेत्रमा आवाज उठाउँदै आएका राजा चार्ल्स कथित रूपमा बेलायतका तत्कालीन प्रधानमन्त्री लिज ट्रसको आपत्तिका कारण गत वर्ष इजिप्टमा कोप२७ मा सहभागी हुन पाएका थिएनन् ।

राष्ट्रहरू प्राकृतिक प्रकोपबाट विनाश भएका मुलुकहरूका लागि ‘नोक्सान र क्षति’ कोष स्थापना गर्न सहमत भएसँगै कोप२८ सम्मेलन बिहीबार प्रारम्भिक रूपमा विजयका साथ सुरु भएको छ । यद्यपि जलवायु वार्तालाई लामो समयसम्म अल्झाइराखेको तेल, ग्यास र कोइलाको भविष्यबाट सुरु हुने धेरै मुद्दामा प्रतिनिधिहरूले दुई साताको कठिन वार्ताको सामना गर्नुपर्नेछ ।

करिब दुई सय मुलुकद्वारा वार्ता भइरहेको सम्झौताको पहिलो मस्यौदामा जीवाश्म इन्धनको ‘फेजआउट (चरणबद्ध अन्त्य)’ र ‘फेजडाउन (चरणबद्ध कम गर्ने)’ भाषा समावेश गरिएको छ । जीवाश्म इन्धन हरितगृह ग्यास उत्सर्जनका लागि सबैभन्दा बढी जिम्मेवार छ । सन् २०२३ को वर्ष कीर्तिमानी सबैभन्दा तातो वर्ष बन्ने मार्गमा रहेको चेतावनी राष्ट्रसङ्घले दिएपछि विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्य पूरा हुँदैन भन्ने आशङ्का बढेको छ ।

“विज्ञान स्पष्ट छ : यदि हामीले सबै जीवाश्म इन्धनको प्रयोग बन्द गर्यौँ भने एक दशमलव पाँच डिग्रीको सीमा सम्भव छ”, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने । यूएईको तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेरलाई कोप२८ को अध्यक्षका रूपमा सम्मेलन सञ्चालन गर्न नियुक्त गरिएपछि कोप२८ मा ऊर्जाको उद्योग लबीको प्रभावका बारेमा चिन्ता व्यक्त गरिएको छ । नवीकरणीय ऊर्जा फर्मका अध्यक्षसमेत रहेका जाबेरले बिहीबार ‘जीवाश्म इन्धनको भूमिका’ लाई अन्तिम कोप२८ सम्झौतामा समावेश गर्नुपर्ने बताएका थिए ।

“म आफूले पूरा कोसिस गर्नेछु, यो चुनौतीसँग लड्न सहयोग गर्नेछु र वास्तविक, कारवाहीयोग्य निष्कर्ष दिनेछ”, उनले भनेका थिए । मस्यौदा पाठले जीवाश्म इन्धनकोे ‘फेजआउट (चरणबद्ध अन्त्य)’को आह्वान गर्ने र कम कठोर ‘फेजडाउन (चरणबद्ध कम गर्ने)’ गर्ने पक्षहरूबीचको द्वन्द्व स्थापना गर्दछ । यद्यपि पर्यवेक्षकहरूले यस्तो भाषा समावेश हुनु महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

“यो कोप२७ मा प्रस्तुत गरिएको कुनै पनि कुराको तुलनामा महत्वकांक्षी छ, त्यसैले विकल्पमा यो हुनु पनि एउटा ठूलो कदम हो”, फ्रान्सेली जलवायु थिङ्कट्याङ्क आइडिडिआरआईका विशेषज्ञ लोला भालेजोले भनिन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ११ बजे

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ

सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई