समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै | Khabarhub Khabarhub

समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै

मंसिर १६ देखि २८ सम्मको भ्रमणमा सहमहामन्त्री बुर्लाकोटी र सहकोषाध्यक्ष बोहोरा पनि सहभागी


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार (भोलि) देखि विभिन्न देशको भ्रमणमा जाने भएका छन् ।

उनी शनिबार राति १० बजे मलेसिया जाने कार्यक्रम छ । उनी त्यहाँ २१ गतेसम्म रहने बताइएको छ । त्यसपछि उनी २१ गतेदेखि २३ गतेसम्म कतारमा रहनेछन् । कतारपछि २४ गतेबाट २८ गतेसम्म बेलायतको भ्रमणमा रहने प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले खबरबलाई बताए ।

लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दिपक बोहोरा पनि सहभागी हुनेछन् ।

निर्वाचन जितेपछि नै उनी बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।

अर्यालले भने, ‘सभापतिज्यूले विदेशमा रहेका नेपालीहरूसँग भेटेर धन्यवाद व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि हामीलाई माया गरेर विदेशमा बसेका नेपालीहरूको सल्लाह लिनुहुनेछ ।’

रविको सचिवालयका अनुसार उनले विभिन्न देशका राजनीतिज्ञ तथा पार्टी र सरकारका व्यक्तिहरुलाई भेटेर अनुभव लिने तथा छलफल गर्ने समेत कार्यक्रम छ । तर, कुन देशको कोसँग कति बेला भेट्ने भन्ने कुराको समय निर्धारण भएको छैन ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई