मेलम्चीको पानी चाँडै काठमाडौं पुर्‍याउँछौँ : मन्त्री यादव | Khabarhub Khabarhub

मेलम्चीको पानी चाँडै काठमाडौं पुर्‍याउँछौँ : मन्त्री यादव


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन् ।

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि आज यहाँ आइपुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको बताए ।

मन्त्री यादवले भने, ‘बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौँवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ पुर्‍याउँछौँ ।’

हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौैँवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए ।

अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले बाढीले पुर्‍याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौँ पुग्छ भनेर भन्न नसकिने बताए । उनले भने।, ‘काठमाडौँ पानी कति दिनमा पुर्‍याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरेका छौँ, आशा गरौँ एक महिनाभित्र पानी काठमाडौँ पुग्छ ।’

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार पूर्णरुपमा सहयोग गरिरहेको छ, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनुपर्छ ।’

अनुगमनमा मन्त्रालयका सचिव राम आधार शाह, मन्त्रालयमा कर्मचारी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ५२ बजे

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा