अस्थायी आवासका लागि २४ करोड निकासा « Khabarhub

अस्थायी आवासका लागि २४ करोड निकासा


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।

बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार आज निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ ।

उनका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।

यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ ।

अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : १२ बजे

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत

विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा